२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीले गरे मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरूले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरूसँग उहाँले आज समसामयिक विषयमा छलफल गरेका हुन् ।

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै मन्त्री अर्यालले संवैधानिक निकायको काम, कर्तव्य, अधिकार, आयोगले भोगी रहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि आयोगका पदाधिकारीहरूसँग विचार विमर्श गरेका थिए ।

छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे । नागरिक समाजको रूपमा रहेका आयोगहरू तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरू समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकाको अपेक्षा राखेका थिए ।

त्यस्तै पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्‍याली, चेकजाँच कडाइ र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायत कार्यहरू गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरिएको सर्कुलरको आयोगका पदाधिकारीहरूले स्वागत गरे ।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरूमा आयोगका तर्फबाट आवश्यकताअनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षा समेत राखे ।

धार्मिक तथा सामाजिक सहिष्णुता खलबल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानुन बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रूपमा रहेका आयोगहरूले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत कार्यहरू गरी यस्ता समस्याको दीर्घकालीन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरू गर्न अनुरोध समेत गरे ।

छलफलको क्रममा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेशी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेशी समुदायको आयोग रहेको बताए । त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले समाजमा धार्मिक, सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।