२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा घटे महिला मतदाता

अ+ अ-

नवलपुर । अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १ सय २१ महिला मतदाता थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १ सय ७० कायम रहेको भुसालले बताए । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।

महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सूक्ष्म रूपमा खोजी नगरे पनि विवाह भएर जिल्ला बाहिर जाने तथा विभिन्न कारणबाट मतदाता नामावलीबाट नाम हटाइएको कारण हुनसक्ने उनले बताए । पुरुषको सङ्ख्या बढ्नुको कारण भने विदेशमा भएका तथा यसअघि छुटेका मतदाताले नाम दर्ता गराएको उनको भनाइ छ । नेपालकै कान्छो जिल्लाका रूपमा रहेको गण्डकी प्रदेशको यस जिल्लामा पुरुष र महिला मतदाता बराबर देखिएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका भुसालले बताए ।

नवलपुरमा एक लाख ३४ हजार १ सय ७० महिला तथा एक लाख ३४ हजार ३ सय ५२ पुरुष मतदाता रहेका उनको भनाइ छ । जिल्लामा दुई लाख ६८ हजार ५२६ मतदाता छन् जसमा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन् ।