२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी गतिविधि मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने निर्णय गरेको छ। यसका लागि माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय आमसभा आयोजना गर्ने तयारी गरिएको छ, जसलाई पार्टीको अभियान प्रारम्भको संकेतका रूपमा लिइएको छ।

जनकपुरमा हुने उक्त कार्यक्रममा काँग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित पार्टीका शीर्ष तहका नेताहरू सहभागी हुने र सभालाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ। पार्टीले निर्वाचन प्रचार-प्रसार व्यवस्थापनका लागि उपसभापति शर्मालाई केन्द्रीय तहको प्रचार समिति संयोजकको जिम्मेवारी दिएको छ।

सभाको केन्द्रीय समन्वय उपसभापति शर्माबाट हुने बताइएको छ भने प्रदेश स्तरको व्यवस्थापन र तयारीका विषयमा मधेश प्रदेश काँग्रेस समितिको बैठक शनिबार बस्ने तयारी भइरहेको छ। प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन संगठनात्मक संरचना र परिचालनमा जोड दिइएको छ।

काँग्रेस सभापति गगन थापा सर्लाही-४ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले मधेश प्रदेशलाई रणनीतिक केन्द्रका रूपमा राखी आफ्ना गतिविधि विस्तार गरिरहेका देखिन्छन्।