२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन अवधिभर शान्ति सुरक्षा सुनिश्चित गर्न सरकार दृढ छ’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी गराए। 

उनले निर्वाचनको शान्ति र सुरक्षा खल्बल्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै त्यसमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताए।

उनका अनुसार गृह मन्त्रालयले निर्वाचन आयोगको कार्यतालिकासँग समन्वय गरी विस्तृत सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ। साथै आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाएर सुरक्षा निकाय परिचालन गरिएको जानकारी पनि छलफलमा दिइएको थियो।

उक्त अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे। उनले निर्वाचन व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि गराएका थिए।