२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सूचना शुद्धिकरणका लागि राष्ट्रिय किताबखानाले सार्वजनिक गर्‍यो डेडिकेटेड इमेल र ह्वाट्सएप नम्बर

अ+ अ-

काठमाडौँ । कर्मचारी सूचनालाई शुद्ध, वैध र विश्वसनीय बनाउन राष्ट्रिय किताबखाना (निजामती) ले डेडिकेटेड इमेल ठेगाना र ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ। बहालवाला तथा अवकाशप्राप्त कर्मचारीको सूचना शुद्धिकरण (डेटा क्लिनिङ) अभियानलाई तीव्र बनाउने उद्देश्यसहित उक्त व्यवस्था गरिएको हो।

राष्ट्रिय किताबखानाले हाल बहालवाला ८५ हजार ४२८ र अवकाश भइसकेका ७० हजार ९५५ गरी कुल एक लाख ५६ हजारभन्दा बढी कर्मचारीको व्यक्तिगत तथा सेवा-सम्बन्धी सूचना ‘कर्मचारी सूचना बैंक’का रूपमा व्यवस्थापन गर्दै आएको छ। बैंकमा संकलित सूचनालाई एक्यूरेसी, भ्यालिडिटी र रिलायवको मापदण्डमा आधारित बनाई अद्यावधिक गर्न विभागले विगतदेखि नै सूचना शुद्धिकरण अभियान सञ्चालन गरिरहेको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले प्रशासनलाई जानकारी दिए।

उनका अनुसार कर्मचारी सूचनाका १७ वटा मुख्य क्षेत्रमा देखिएका मिसम्याच पहिचान गरी शुद्धिकरण गर्ने रणनीति अनुसार अभियान अघि बढाइएको छ। सोही रणनीतिअन्तर्गत पहिलो चरणमा विविध प्रकृतिका बिदा र औषधि उपचार सुविधा सम्बन्धी विवरणलाई प्राथमिकतामा राखिएको छ।

महानिर्देशक पोखरेलका अनुसार विभिन्न प्रकारका बिदा उपयोग गरिएको देखिएका ७ हजार १९० कर्मचारी र औषधि उपचार सुविधा लिएको देखिएका ६२२ कर्मचारीको व्यक्तिगत फाइल ‘वन बाइ वन’ अध्ययन भइरहेको छ। यी दुवै प्रकृतिका कर्मचारीको विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिएको छ।

सूचना शुद्धिकरण कार्यमा सम्बन्धित कर्मचारीको सक्रिय सहयोग आवश्यक पर्ने भएकाले राष्ट्रिय किताबखानाले आवश्यक प्रमाण कागजातसहित सूचना उपलब्ध गराउन अनुरोध गरेको छ। विभागका अनुसार प्राप्त सूचनाको परीक्षणपछि कर्मचारी विवरण अद्यावधिक तथा शुद्धिकरण गरिनेछ।

राष्ट्रिय किताबखानाले यो अभियानले कर्मचारी सूचना प्रणालीलाई अझ विश्वसनीय बनाउने, सेवा–सुविधा व्यवस्थापनमा देखिने त्रुटि न्यूनीकरण गर्ने र दीर्घकालीन रूपमा सरकारी मानव स्रोत व्यवस्थापनलाई सुदृढ बनाउने अपेक्षा गरेको छ।