काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरिएको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उक्त दस्तावेज औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
पार्टीका अनुसार सार्वजनिक प्रतिज्ञा पत्रमा मुलुकको समग्र विकास, सुशासन तथा नीतिगत प्राथमिकता समेट्ने गरी १० वटा प्रमुख दृष्टि प्रस्तुत गरिएको छ। ती दृष्टिहरूलाई आधार मानेर आर्थिक, सामाजिक र संस्थागत सुधारका कार्यक्रम अघि बढाइने जनाइएको छ।







