२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-५ र सर्लाही जिल्ला-४ मा उच्च सतर्कता, सादा पोसाकमा प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा संवेदनशील मानिएका झापा-५ र सर्लाही-४ क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ। ती क्षेत्रमा प्रमुख राजनीतिक दलका शीर्ष तहबाट अघि सारिएका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किएकाले सम्भावित जोखिम मूल्यांकनपछि विशेष रणनीति कार्यान्वयन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रमा सम्भावित घटना न्यूनीकरण र पूर्वतयारीका लागि थप जनशक्ति परिचालन गरिएको छ। नियमित गस्तीबाहेक सूचना संकलन र निगरानीका लागि सादा पोसाकमा समेत प्रहरी खटाइएको छ।

यसक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भर्चुअल माध्यमबाट मातहतका युनिट प्रमुखहरूलाई निर्देशन दिँदै ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका थिए। निर्वाचन सुरक्षासम्बन्धी विश्लेषण महाशाखाबाट संकलित सूचनाका आधारमा महानिरीक्षकलाई ब्रिफिङ गरिएको र त्यसपछि उच्च सतर्कता कायम गर्न क्षेत्रीय इकाईहरूलाई निर्देशन दिइएको जनाइएको छ।

सुरक्षा निकायले जोखिमको स्तर उच्च रहेको निष्कर्षसहित थप बल परिचालन गरेको छ। झापा जिल्लामा मात्र २२ जना वरिष्ठ प्रहरी अधिकृतसहित ७५५ जना अन्य दर्जाका गरी कुल ७७८ जना प्रहरी खटाइएको छ। यसबाहेक निर्वाचन सुरक्षामा नेपाल प्रहरी मातहत रहने निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र निर्वाचन प्रहरी तथा नेपाली सेना को टोलीसमेत परिचालित छन्।

त्यसैगरी सर्लाहीमा २५ जना वरिष्ठ प्रहरी अधिकृत, ११९ जना कनिष्ठ अधिकृत र ६४८ जना अन्य दर्जाका गरी कुल ७९२ जना प्रहरी परिचालन गरिएको छ। यो संख्या नेपाल प्रहरीअन्तर्गतको मात्र भएको जनाइएको छ। अन्य सुरक्षा संयन्त्रसमेत समन्वयात्मक ढंगले परिचालित छन्।

निर्वाचन पूर्व र मौन अवधिमा हुनसक्ने चलखेल तथा अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। उम्मेदवारहरूको गतिविधि तथा संवेदनशील सूचनाको विश्लेषणलाई प्राथमिकतामा राखी निरन्तर अनुगमन भइरहेको सुरक्षा स्रोतले जनाएको छ।