२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

अ+ अ-

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे । 

साथै उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए। 

आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्नेछ उनको भनाइ थियो । मतदानस्थलहरूको निर्माण भइसकेको, मतपेटिका तथा मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो मतदानस्थलमा पुगिसकेको उनले भने । 

धनुषामा प्रतिनिधि सभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथा ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० निर्वाचन प्रहरी पनि छनोट भइसकेका छन् । यस जिल्लामा उम्मेदवारको सङ्ख्या १५४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।