काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् ।
उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सबुज बानियाँले ६ हजार ६४७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २१ हजार ७२ रह्यो ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार अमनुकुमार मास्केले चार हजार ३७३ मत ल्याए । खनाल ०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।







