२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलंकाले बढायो पेट्रोल र डिजेलको मूल्य

अ+ अ-

कोलम्बो । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । 

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो ।

नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ । त्यस्तै सुपर डिजेलको मूल्य २४ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३५३ रुपैयाँ कायम गरिएको छ। पेट्रोलतर्फ ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोलको मूल्य २५ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

सिलोन पेट्रोलियम निगमका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अनिश्चितता तथा निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा प्रभाव पारेकाले धेरै देशहरूमा इन्धन मूल्यमा दबाब बढिरहेको बताइएको छ ।

निगमले देशको ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै आगामी महिनाहरूका लागि पर्याप्त इन्धन आपूर्ति सुनिश्चित गर्न विभिन्न कदमहरू चालिएको जनाएको छ । राष्ट्रिय आवश्यकताअनुसार आगामी साउन महिनासम्म पुग्ने इन्धन आपूर्तिका लागि आवश्यक अर्डरहरू दिइसकिएको छ । साथै सरकारले दीर्घकालीन आपूर्ति सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियामार्फत इन्धन खरिद गर्ने व्यवस्था पनि मिलाएको छ ।

यसैबीच सिलोन पेट्रोलियम निगमका प्रबन्ध निर्देशक मयुरा नेथ्थिकुमारागेले आइतबार दिएको जानकारीअनुसार हालको खपत दर कायम रहेमा देशमा उपलब्ध इन्धन भण्डार अप्रिल महिनाको अन्त्यसम्मका लागि पर्याप्त रहने अनुमान गरिएको छ । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर निगरानी र योजना बनाइरहेको पनि बताएका छन् ।