२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७५.६८ अंकसहित रामप्रसादराई गाउँपालिका भोजपुरमा प्रथम, कोशी प्रदेशमा तेस्रो

अ+ अ-

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जिल्लामै प्रथम र कोशी प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजा फागुन २७ गते सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार रामप्रसादराई गाउँपालिकाले ७५.६८ अंक प्राप्त गर्दै भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो।

त्यस्तै, कोशी प्रदेशका ८८ वटा गाउँपालिकाको सूची हेर्दा रामप्रसादराई गाउँपालिका पहिलो स्थानमा देखिएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये भने यो गाउँपालिका २१औँ स्थानमा परेको छ।

नतिजा सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण) ले सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीलाई बधाई दिएका छन्। उनले प्राप्त उपलब्धिलाई सबैको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने लक्ष्य रहेको बताए।

अध्यक्ष राईले भने, “यो नतिजा उत्कृष्ट हो। उत्कृष्ट नतिजा प्राप्त गर्न कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीबाट प्राप्त सकारात्मक, रचनात्मक साथ–सहयोग, हौसला र कार्यप्रणालीले महत्वपूर्ण भूमिका खेलेको छ। एक–एक इट्टा थपिँदै सफलता हासिल भएको हो। अब आगामी दिनमा सर्वोत्कृष्ट बन्ने लक्ष्य राखेका छौँ।”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ। ती सूचकमा स्थानीय तहको योजना निर्माण, बजेट व्यवस्थापन, नीति तथा कार्यक्रम, सेवा प्रवाह, पारदर्शिता र कार्यान्वयनको प्रभावकारिता लगायतका विषय समेटिएका हुन्छन्।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले कुन सूचकमा कति प्रगति भयो र आगामी दिनमा सर्वोत्कृष्ट बन्न कुन–कुन क्षेत्रमा सुधार गर्नुपर्ने भन्ने विषयमा गम्भीर समीक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न शाखाको जिम्मेवारी र जवाफदेहिता निर्धारण गर्दै जनप्रतिनिधि तथा कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिइएको उनले बताए।

यसैगरी योजना, बजेट, नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको कारणले नै नतिजामा निरन्तर सुधार हुँदै गएको हुन सक्ने गाउँपालिका अध्यक्ष राईको भनाइ छ।

उनले आगामी वर्षमा पनि सर्वोत्कृष्ट स्थान हासिल गर्ने लक्ष्यका साथ समीक्षा, छलफल र सुधारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।