२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतारोहण क्षेत्रमा फर्जी उद्धार प्रकरण, ३२ जनाविरुद्ध संगठित अपराध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गर्दै नक्कली उद्धारमार्फत बीमा रकम असुली गरिएको प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

सरकारी वकिलको कार्यालय, काठमाडौँ ले आइतबार जिल्ला अदालत काठमाडौँ मा राज्यविरुद्धको कसुर तथा संगठित अपराधअन्तर्गत अभियोग दर्ता गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार यस प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाइएको छ, जसमध्ये ८ जना पक्राउ परेका छन् भने अन्य फरार सूचीमा राखिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले माघ ११ गतेदेखि सुरु गरेको अनुसन्धानका क्रममा पर्वतारोहणमा आएका पर्यटकलाई बिरामी भएको देखाउँदै हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पतालमा भर्ना गर्ने र त्यसपछि बीमा दाबी गरी रकम असुल्ने कार्य संगठित रूपमा हुँदै आएको पाइएको थियो।

अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे तथा प्रबन्धक सुवास केसीलाई पक्राउ गरिएको थियो।

त्यसैगरी विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि नियन्त्रणमा लिइएको थियो। माघ २५ गते थप अनुसन्धानका क्रममा डा. गिर्वाणराज तिमिल्सिना लगायत व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यस प्रकरणले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा देखिएको अव्यवस्था र दुरुपयोगप्रति गम्भीर प्रश्न उठाएको छ भने सम्बन्धित निकायहरूले यस प्रकारका गतिविधि नियन्त्रणका लागि कडा कानुनी कारबाही अघि बढाएको बताएका छन्।