२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुखमा झुण्डिएको अवस्थामा दुई किशोरी मृत फेला

अ+ अ-

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका-५ रामवनस्थित एक आँपको रुखमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको छ।

सर्लाही प्रहरीका अनुसार रामनगर गाउँपालिका-६ निवासी विनोद दासकी करिब १७ वर्षीया छोरी संगीता दास र सोही स्थानका ईन्द्रजित दासकी करिब १८ वर्षीया छोरी नागिना दास मृत फेला परेका हुन्। उनीहरूको शव आँपको रुखको एउटै हाँगामा प्लास्टिकको डोरीको पासो लगाइएको अवस्थामा भेटिएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएका छन्।

घटनाबारे बुधबार साँझ करिब ६ बजेतिर सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वरप्रसाद यादवको नेतृत्वमा फरेन्सिक टोलीसहित १० जना प्रहरीसमेत परिचालन गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुवै किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाको कारण भने खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।