काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्।
बिहीबारको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्याय र विभेदको विषय उठाउँदै हात जोडेर माफी मागेका हुन्। उनले भने, ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे। के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ? यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ।’
उनले सरकारको तर्फबाट पनि दलित समुदायसँग माफी मागिएको बताए। लामिछानेले भने, ‘यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको सार्वजनिक र सामूहिक माफी माग्दै छ, त्यो पनि यो सदनबाट।’







