२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षामा सम्झौता र लापरबाही सह्य हुँदैन : डिआइजी थपलिया

अ+ अ-

सर्लाही। मधेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता नहुने र लापरबाही कदापि सह्य नहुने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले बताएका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीमा आयोजित नीति निर्देशन तथा सम्बोधन कार्यक्रममा बोल्दै उनले तस्करी तथा अपराध नियन्त्रण, अनुसन्धानमा तीव्रता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्न जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका युनिट इन्चार्जहरूलाई स्पष्ट निर्देशन दिएका हुन्। “प्रहरी संगठन जनताको सुरक्षाका लागि हो, त्यसैले सेवामा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता कुनै हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “कार्यसम्पादनमा कमजोरी देखिए कडा कारबाही हुन्छ।”

कार्यक्रममा डिआइजी थपलियाले विशेष गरी सर्लाहीको सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, तस्करी तथा सामाजिक अपराध नियन्त्रणमा सक्रियता बढाउन निर्देशन दिए। साथै, उनले प्रहरी कर्मचारीहरूलाई जिम्मेवारीप्रति इमान्दार, अनुशासित र परिणाममुखी बन्न आग्रह गरे।

उनले सूचना संकलन, समन्वय र प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रत्येक युनिटले आफ्नो कार्यक्षेत्रमा देखिने परिणाम दिनुपर्ने बताए।

डिआइजी थपलियाका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लाबाट ४० जना बिचौलियालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ। सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने, अवैध लाभ लिन खोज्ने तथा सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गरिएको हो। “बिचौलियाको गलत अभ्यासलाई नियन्त्रण नगरेसम्म सुशासन कायम हुन सक्दैन,” उनले भने।

प्रहरीले पछिल्लो समय बिचौलियामार्फत हुने ठगी, सिफारिसमा चलखेल तथा अवैध रकम असुलीजस्ता गतिविधिमा निगरानी बढाएको जनाएको छ। साथै, यस्ता कार्यमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने अभियान अझ कडाइका साथ अगाडि बढाइने प्रहरीको भनाइ छ।

प्रहरीले नागरिकलाई पनि यस्ता अवैध गतिविधिप्रति सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। मधेश प्रदेशका आठवटा जिल्लामा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले कडा कारबाही अभियान थालेको पनि जनाइएको छ।