२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सभामुख अर्यालको जोड

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने मान्यता दिएसँगै आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताएका हुन् ।

“आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो”, उनले भने ।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने बताए । नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

“हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ, अब सङ्ख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ”, सभामुख अर्यालले भने।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने बर्ताए । “आरोग्य भनेको भाग दौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो, यो आत्माको मौनता बुझ्ने कला हो”, उनले भने । 

विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्वमा आरोग्य अति आवश्यक भएको उनको भनाइ थियो । विश्वले खोजेको शान्ति नेपालले दिन सक्ने मन्त्री पौडेलले बताए । सोही अवसरमा उनले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरे ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको बताए । उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको खाँचो रहेको बताएका छन् । 

0 Comments