२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार नीति पुनरावलोकन गर्न मधेशका अर्थमन्त्री यादवको सरकारसँग आग्रह

अ+ अ-

काठमाडौँ । भारतबाट हुने वस्तु आयातमा हाल लागू गरिएको भन्सार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

सीमा क्षेत्रमा अपनाइएको नयाँ प्रणालीका कारण स्थानीय बासिन्दाको दैनिक जीवनयापन प्रभावित भएको भन्दै उनले तत्काल नीतिगत पुनरावलोकन आवश्यक रहेको बताएका छन्। उनका अनुसार यस व्यवस्थाले दुई देशबीच लामो समयदेखि कायम रहेको सामाजिक तथा सांस्कृतिक सम्बन्धमा समेत असर पारेको छ।

सोमबार सार्वजनिक गरिएको ध्यानाकर्षण वक्तव्यमा उनले सीमा क्षेत्रमा आवतजावत तथा दैनिक उपभोग्य वस्तु ओसारपसारमा थप कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन्। नागरिकको दैनिकी सहज बनाउन व्यवहारिक र सन्तुलित नीति अपनाउनुपर्ने उनको आग्रह छ।

यादवले सीमा क्षेत्रका नागरिकको संवेदनशीलतालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै विस्तृत अध्ययनपछि मात्र निर्णय अघि बढाउन सुझाव दिएका छन्।

यसैगरी उनले मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा फुटपाथ व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भएको विषयमा पनि चिन्ता व्यक्त गरेका छन्। वैकल्पिक व्यवस्थाबिना गरिएको अतिक्रमण हटाउने कार्यले साना व्यवसायीको रोजगारीमा प्रत्यक्ष असर परेको उनको भनाइ छ।

अर्थमन्त्री यादवले स्पष्ट पुनर्स्थापना योजना बिना गरिने यस्ता कदमले आर्थिक रूपमा कमजोर वर्ग अझ संकटमा पर्ने जोखिम रहने चेतावनी दिएका छन्।

उनले संघीय सरकार, गृह प्रशासन तथा सम्बन्धित निकायलाई दुवै विषयमा समन्वयात्मक छलफल गर्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

0 Comments