२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर’ : अर्थ मन्त्रालय

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमता अपेक्षाकृत कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको छ।

नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन जारी गर्दै मन्त्रालयले प्राविधिक दक्षता र व्यवस्थापकीय क्षमताको सीमितताका कारण विनियोजित बजेट पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गरेको हो।

मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहले बजेट प्रभावकारी रूपमा खर्च गर्न नसक्दा समग्र अर्थतन्त्रमा अपेक्षित माग सिर्जना हुन नसकेको देखिएको छ। आर्थिक वर्ष २०८१-८२ मा प्रदेश सरकारको बजेट खर्च क्षमता ७१.३ प्रतिशत र स्थानीय तहको ७६.४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

वित्तीय संघीयता कार्यान्वयनपछि संघीय सरकारले कुल बजेटको करिब २२.६ प्रतिशत रकम प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका रूपमा विनियोजन गर्दै आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, राजस्व बाँडफाँटका माध्यमबाट संघीय सरकारले संकलन गरेको करिब ११ प्रतिशत राजस्व पनि प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने गरेको छ।

तर कुल राजस्व संकलनमा प्रदेश र स्थानीय तहको योगदान १० प्रतिशतभन्दा कम रहेको तथ्यसमेत प्रतिवेदनमा उल्लेख छ। तीन तहका सरकारको समग्र खर्च संरचनामा प्रदेश र स्थानीय तहको हिस्सा करिब एक तिहाइ रहेको मन्त्रालयको विवरणमा जनाइएको छ।

0 Comments