२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्य दबाबबीच अर्थतन्त्र प्रभावित, विदेशी सञ्चिति १८.५ महिनाको आयात धान्ने अवस्थामा

अ+ अ-

काठमाडौँ । विश्वव्यापी भू-राजनीतिक तनाव, मध्यपूर्वमा जारी द्वन्द्व तथा इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपालको समग्र आर्थिक गतिविधिमा असर परेको देखिएको छ। बुधबार प्रतिनिधि सभामा प्रस्तुत आर्थिक सर्वेक्षण २०८२-८३ ले बाह्य तथा आन्तरिक दुवै पक्षबाट अर्थतन्त्रमा दबाब बढ्दै गएको संकेत गरेको हो।

यद्यपि, विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च स्तरमा पुगेको छ। उपलब्ध सञ्चितिले करिब १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात सहज रूपमा धान्न सक्ने अवस्था रहेको सर्वेक्षणमा उल्लेख छ।

विप्रेषण र पर्यटनमा सम्भावित असर
मध्यपूर्वी मुलुकहरूमा कार्यरत नेपाली श्रमिकको रोजगारी जोखिममा पर्न सक्ने अवस्था देखिएसँगै विप्रेषण आप्रवाहमा कमी आउन सक्ने अनुमान गरिएको छ। साथै, सो क्षेत्रबाट नेपाल आउने पर्यटक घट्ने सम्भावनाले पर्यटन आम्दानीमा पनि दबाब पर्ने आकलन गरिएको छ।

मूल्यवृद्धि र कृषि उत्पादनमा असर
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि उपभोग्य वस्तु तथा निर्माण सामग्रीको लागत बढेको छ। यसले समग्र मूल्य स्तरमा दबाब सिर्जना गरेको र पछिल्लो समय मुद्रास्फीति केही बढेको भए पनि उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको उल्लेख छ।

कृषि क्षेत्रमा भने प्रतिकूल मौसमले उत्पादनमा गिरावट ल्याएको छ। विशेष गरी तराई क्षेत्रमा रोपाइँको समयमा खडेरी र भित्र्याउने समयमा अत्यधिक वर्षाका कारण धान उत्पादन प्रभावित भएको सर्वेक्षणले देखाएको छ।

उत्पादन र सेवा क्षेत्रको अवस्था
यस अवधिमा विद्युत् उत्पादन बढेर ४ हजार १०५ मेगावाट पुगेको छ भने सेवा क्षेत्रको वृद्धि सामान्य रहेको छ। कुल राजस्व संकलनमा सुधार देखिए पनि वृद्धिदर अपेक्षाकृत कम रहेको उल्लेख गरिएको छ।

सरकारी खर्चतर्फ चालु खर्च बढे पनि पुँजीगत खर्चमा अपेक्षित प्रगति हुन नसकेको सर्वेक्षणले औँल्याएको छ। खर्च र राजस्वबीचको असन्तुलनका कारण स्रोत व्यवस्थापनमा ऋणको निर्भरता बढ्दै गएको छ, जसअनुसार सार्वजनिक ऋण २०८२ फागुनसम्म २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

बाह्य क्षेत्रका सूचक सकारात्मक
समग्र दबाबका बाबजुद चालु आर्थिक वर्षमा बाह्य क्षेत्रका केही सूचक भने सकारात्मक देखिएका छन्। कुल व्यापारमा निर्यातको हिस्सा बढेको छ भने विप्रेषण, सूचना प्रविधि तथा व्यावसायिक सेवाबाट आम्दानी वृद्धि भएकाले चालु खाता तथा शोधनान्तर स्थिति दुवै बचतमा रहेको उल्लेख छ।

विदेशी विनिमय सञ्चिति उच्च स्तरमा रहेकाले बाह्य स्थायित्व मजबुत देखिएको छ। साथै वित्तीय पहुँच विस्तारसँगै डिजिटल भुक्तानी कारोबार बढेको छ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कम ब्याजदर भए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत कमजोर देखिएको छ। बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा बढ्दो क्रममा रहेको जनाइएको छ।

बीमा क्षेत्र विस्तार हुँदै बीमा प्रिमियम संकलन बढे पनि पूँजी बजारमा भने उच्च उतारचढाव कायम रहेको सर्वेक्षणले औँल्याएको छ।

0 Comments