२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस अन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमितिका संयोजकहरूको नाम टुंग्याएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले उपसमिति संयोजकहरू चयन गर्ने निर्णय गरेको हो।

उनका अनुसार संयोजकहरूले सम्बन्धित उपसमितिको प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा प्रस्तुत गर्नेछन्।

बैठकमा सभापति थापाले पार्टीको दीर्घकालीन नीतिगत दिशा सम्बन्धी विचार प्रस्तुत गर्दै प्रतिष्ठानका सदस्यहरूलाई आवश्यक मार्गदर्शन दिएका थिए। त्यस्तै, प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पनि बैठकमा पेश गरेका थिए।

निर्णयअनुसार विभिन्न सात क्षेत्रका लागि निम्न व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिइएको छ।

अर्थ, योजना तथा नीति उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेल तोकिएका छन्। यो उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा नीतिगत सुझाव तयार गर्नेछ।

जलवायु परिवर्तन सचेतना उपसमितिको नेतृत्व रोशनी गिरीले गर्नेछिन्। यसले हिमाली क्षेत्रका जलवायु प्रभाव न्यूनीकरणदेखि वातावरण संरक्षणका विविध पहल समेट्नेछ।

नवयुवा मुद्दा, अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति मीनबहादुर भामको नेतृत्वमा रहनेछ। यसले युवा पुस्ता, नागरिक समाज तथा विभिन्न पुस्ताबीचको संवाद र समन्वयमा केन्द्रित काम गर्नेछ।

अनौपचारिक क्षेत्रका श्रमिकसम्बन्धी नीति तथा न्याय उपसमितिको संयोजक महेन्द्र यादव तोकिएका छन्।

बाल अधिकार उपसमितिको जिम्मेवारी उमंग लोहनीलाई दिइएको छ। यसले बाल श्रम नियन्त्रणदेखि बालबालिकाको समग्र अधिकार संरक्षणका विषयमा काम गर्नेछ।

सार्वजनिक सेवा प्रवाहसम्बन्धी नीति तथा सुधार उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन्।

त्यसैगरी गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको नेतृत्व अञ्जु झालाई दिइएको छ।

प्रतिष्ठानले यी उपसमितिहरूलाई पार्टीको नीतिगत अध्ययन, बहस र सुझाव निर्माणमा सहयोगी संरचनाका रूपमा अघि बढाइने जनाएको छ।

0 Comments