२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनौतीबीच नतर्सी जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुन सेवामा कार्यरत अधिकृतहरूलाई प्रशासनिक तथा कानुनी कार्यसम्पादनका क्रममा आउने जटिलता र अवरोधलाई सामना गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेकी छन्।

ललितपुरमा शुक्रबार आयोजित कानुन अधिकृतहरूको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले राज्यले कानुन अधिकृतहरूमाथि राखेको विश्वास र जिम्मेवारीलाई परिणाममुखी ढंगले पूरा गर्ने अपेक्षा व्यक्त गरिन्। उनले सार्वजनिक नीति, कानुन निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा कानुन समूहका जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्।

उनका अनुसार विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत कानुन अधिकृतहरूले विषयगत दक्षता, व्यावसायिक अनुभव र प्राविधिक ज्ञानका आधारमा नीतिगत तथा कानुनी निर्णयलाई मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्दै आएका छन्। यस्ता जनशक्तिको योगदानले शासन प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुगेको उनको भनाइ थियो।

मन्त्री गौतमले आगामी दिनमा कानुनी प्रशासनलाई अझ बढी समाधानमुखी, सकारात्मक र सेवामुखी बनाउँदै नागरिकप्रति उत्तरदायी ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। सार्वजनिक सेवामा संलग्न कर्मचारीले आफूलाई नागरिकको सेवकका रूपमा स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिइन्।

न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै उनले न्यायपूर्ण समाज निर्माणका लागि राज्यका संयन्त्रहरू थप सुदृढ हुनुपर्ने बताइन्। उनले क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गर्दै न्याय प्राप्तिको अवसर सबै नागरिकसम्म समान रूपमा पुर्‍याउने दिशामा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्।

कार्यसम्पादनका क्रममा देखिने सामान्य कठिनाइ वा प्रक्रियागत जटिलतालाई जिम्मेवारीबाट अलग रहने आधार बनाउन नहुने उल्लेख गर्दै मन्त्री गौतमले कानुन अधिकृतहरूलाई समर्पण, परिश्रम र व्यावसायिक प्रतिबद्धतासहित काम गर्न आग्रह गरिन्।

उनले गुणस्तरीय कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत मात्र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत तथा सुदृढ बनाउन सकिने धारणा समेत व्यक्त गरिन्।

0 Comments