२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल

अ+ अ-

राज्य संयन्त्रलाई जनमुखी, सेवामुखी र परिणाममुखी बनाउन सक्षम, अनुशासित तथा नैतिक कर्मचारी आवश्यक रहेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले लोक सेवा आयोगले स्थापित गरेको योग्यता प्रणालीको रक्षा गर्दै सार्वजनिक प्रशासनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, प्रभावकारी सेवा प्रवाह र नागरिकको अपेक्षाअनुरूपको राज्य व्यवस्था निर्माणका लागि सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्र आवश्यक रहेको बताएका छन्। उनले सार्वजनिक सेवामा योग्य जनशक्ति छनोट गर्ने प्रणालीमाथिको विश्वास कायम राख्दै प्रशासनिक संयन्त्रलाई थप आधुनिक, जनमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले साढे सात दशकभन्दा लामो अवधिदेखि योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा कर्मचारी छनोट गर्दै आएको उल्लेख गरे। राज्य सञ्चालनका लागि आवश्यक जनशक्ति छनोट गर्ने संवैधानिक जिम्मेवारी आयोगले प्रभावकारी रूपमा निर्वाह गरिरहेको भन्दै उनले आयोगप्रतिको जनविश्वास र भरोसा यसको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।

निष्पक्षता र योग्यतामा आधारित कर्मचारी छनोट नै सार्वजनिक प्रशासनको सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगले अवलम्बन गरेको मूल्य, मान्यता र प्रणालीकै कारण संस्थाप्रतिको विश्वास आजसम्म कायम रहेको बताए। उनले आयोगले आर्जन गरेको यही विश्वसनीयता र प्रतिष्ठालाई भविष्यमा अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको संघर्ष र बलिदानको मूल उद्देश्य सुशासन, प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र समृद्धि भएको बताए। जनताको यही आकांक्षा पूरा गर्न राज्य संयन्त्रलाई समयानुकूल जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले उत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले मात्र राज्यका लक्ष्यहरूलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने बताए। सार्वजनिक प्रशासनको सफलता कर्मचारीको क्षमता, व्यावसायिकता र नैतिकतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले कर्मचारीतन्त्रलाई थप सक्षम र उत्तरदायी बनाउनुपर्ने धारणा राखे।

प्रविधिको बढ्दो प्रयोगसँगै सार्वजनिक सेवा प्रवाहलाई पनि आधुनिक बनाउनु आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्ने उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउन सूचना प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताए। यसबाट लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको नागरिक विश्वास थप सुदृढ हुने उनको विश्वास थियो।

लोक सेवा आयोगको भूमिकाबारे चर्चा गर्दै राष्ट्रपति पौडेलले सरकारी सेवाका लागि असल, योग्य र सक्षम कर्मचारी छनोट गर्न आयोगले आफ्ना कार्यप्रणालीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताए। कर्मचारी छनोटमा आधुनिक प्रविधि, वैज्ञानिक मूल्याङ्कन प्रणाली तथा समयसापेक्ष परीक्षण विधिको प्रयोग बढाउनुपर्नेमा उनले विशेष जोड दिए।

कर्मचारी छनोट, बढुवा तथा परामर्शका क्षेत्रमा आयोगले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले आयोगको कार्यक्षेत्र विस्तारसँगै कार्यसम्पादनलाई थप प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउने चुनौती पनि थपिएको बताए। वार्षिकोत्सव केवल उत्सवको अवसर मात्र नभई विगतको समीक्षा र भविष्यको मार्गचित्र तय गर्ने अवसर पनि भएको उनको भनाइ थियो।

संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीको रक्षा र सुदृढीकरण आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले उल्लेख गरे। आयोगप्रतिको भरोसा र यसले अवलम्बन गरेको सिद्धान्त तथा प्रणालीकै कारण मेहनती युवाले सार्वजनिक सेवामा आफ्नो भविष्य सुरक्षित देख्न सकेको यथार्थलाई बिर्सन नहुने उनको भनाइ थियो।

विश्वव्यापी रूपमा विकसित भइरहेका सिद्धान्त, अभ्यास र प्रविधिको अध्ययन गर्दै आयोगले आफ्नो कार्यप्रणालीलाई अझ परिष्कृत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले भविष्यको सार्वजनिक प्रशासन निर्माणमा आयोगको भूमिका अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।

सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले लोक सेवा आयोगका पदाधिकारी, कर्मचारी तथा सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै आयोगले आगामी दिनमा पनि योग्यता, निष्पक्षता र स्वच्छताको परम्परालाई थप सुदृढ बनाउँदै सार्वजनिक प्रशासनको सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

0 Comments