२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले मंगलबार गौतमलाई मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्ने निर्णय गरेको हो ।

पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमसहित तत्कालीन निर्देशक प्रदीप अधिकारीलगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले गौतममाथि आर्थिक अनियमिततामा संलग्न भएको दाबी गर्दै ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो असुल गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको थियो ।

अदालतको आदेशअनुसार अब गौतम न्यायिक प्रक्रियाअन्तर्गत कारागारमा रहनेछन् । यस प्रकरणमा आरोपित अर्का व्यक्ति अधिकारी यसअघि नै थुनामा पठाइसकिएका छन् ।

0 Comments