२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीलाई कारबाही प्रक्रिया शुरु, अन्य कर्मचारी पनि निगरानीमा

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि पनि आफ्नो कार्यस्थलमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएको दुई कर्मचारीलाई स्पष्टीकरण सोधिएको जनाएको हो।

मन्त्रालयका अनुसार कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीहरूले स्वीकृत बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नगरी विदेशमै बसोबास गरिरहेका छन्। उनीहरूले विदेशी मुलुकको अस्थायी तथा स्थायी आवासीय अनुमति प्राप्त गरेको समेत पाइएको मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनअनुसार निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै, स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।

मन्त्रालयले सम्बन्धित कर्मचारीहरू निजामती सेवा ऐन, २०४९ विपरीत लामो समयसम्म अनुपस्थित रहेको देखिएकाले स्पष्टीकरण माग गरिएको जनाएको छ। ऐनबमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने अवस्था देखिएकाले १५ दिनभित्र प्रमाणसहित आफ्नो सफाइ पेश गर्न भनिएको छ।

तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्य तीव्र बनाइएको जनाएको छ।

यस विषयमा मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, जवाफदेहिता र सेवा आचरणको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले निगरानी बढाएको बताएकी छन्। कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र प्राप्त तथ्यका आधारमा कानुनबमोजिम आवश्यक निर्णय गरिने उनले बताएकी छन्।

Leave a Reply