काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले २९६ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्युरोको टोलीले चेकजाँचका क्रममा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका ३९ वर्षीय किशोरीप्रसाद ओझैयासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा ओझैया लागु औषधसहित भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले दाहिने खुट्टाको पिँडौलामा गोली प्रहार गरेको थियो।
घाइते ओझैयालाई तत्काल वीर अस्पतालमा उपचारका लागि लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







