१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीका किसानलाई गाई स्याहार भत्ता

अ+ अ-

गुल्मी । पहिला गाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाई पालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो । 

स्थानीय जातका गाई पालनमा किसानलाई आकर्षित गराउने उद्देश्यले यहाँको मदाने गाउँपालिका–१ अग्लुङ्मा स्थानीय लहिनो जातका गाई संरक्षणका लागि किसानलाई प्रतिगाई वार्षिक रु दुई हजार स्याहार भत्ता वितरण गर्न सुरु गरिएको छ । 

गाउँघरबाट विस्तारै हराउँदै गएको स्थानीय गाई जोगाउँदै पुन:गाईपालनतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । स्थानीय गाई लोप हुँदै गएपछि यसको प्रत्यक्ष असर धार्मिक संस्कारदेखि कृषि क्षेत्रसम्म पर्दै आएको उनको भनाइ छ ।

पहिला गाउँघरमा मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा थियो । तर अहिले भने पुरोहितले गाई लैजान छाडेसँगै गाईको सट्टामा नगद दिने चलन बढेको वडाध्यक्ष चन्दले जानकारी दिए। धार्मिक कर्मका लागि आवश्यक पर्ने गाईको गोबर र गोमूत्रसमेत खोज्नुपर्ने अवस्था आएको भन्दै उनले गाई पालन व्यवसाय घट्दै जाँदा धार्मिक संस्कार, संस्कृति र परम्परामा प्रत्यक्ष असर पर्दै जान थालेको बताए ।

 “पहिला हरेक घरमा गाई पाल्ने प्रचलन थियो, अहिले दिनभरि गाउँमा घुम्दै जाँदा गोठहरू खाली देखिन्छन् । अहिले गाउँघरमा स्थानीय जातका गाई भेटाउन मुस्किल छ, गोबर र गौमूत्र खोज्न टाढा जानुपर्ने बाध्यता छ । वडाले दिएको यो स्याहार भत्ताले गाई जोगाउनका लागि थोरै भए पनि हौसला मिलेको छ”, स्थानीय नरबहादुर विष्टले भने । स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन् । अहिले स्थानीय तहले गाई संरक्षण कार्यक्रम अघि बढाउँदा किसान पनि उत्साहित बनेका छन् । 

वडाध्यक्ष चन्दले स्थानीय गाई संरक्षण गर्नुपर्ने पाका पुस्ताको मागअनुसार यस्तो कार्यक्रम सुरु गरिएको बताए। “गाई हाम्रो मौलिक सम्पत्ति हो, यसको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न स्याहार भत्ता वितरण सुरु गरेका हौँ, आउँदा वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने हो”, उनले भने । 

स्थानीय गाईको दूध, गोबर र गौमूत्र मानव स्वास्थ्य, जैविक खेती तथा धार्मिक कार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । हिन्दु परम्परामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलने छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा गाईबाट प्राप्त वस्तुको प्रयोग हुने भएकाले यसको संरक्षण धार्मिक तथा सांस्कृतिक रूपमा पनि उत्तिकै आवश्यक रहेको स्थानीयको भनाइ छ ।

स्थानीय तहले थालेको यो अभियानले किसानलाई आर्थिक प्रोत्साहनसँगै लोप हुँदै जान थालको परम्परा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप टेवा पुग्ने स्थानीय राधा कुँवरले बताइन् । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

0 Comments