१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बदलिँदो परिस्थितिअनुसार विचार र कार्यशैली परिवर्तन गर्न सक्नुपर्छ’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार आफ्नो सोच, रणनीति र कार्यदिशामा परिवर्तन गर्न सक्नुपर्ने बताएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन तथा जननेता मदन भण्डारीसम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले समाज र राजनीतिक प्रक्रियामा निरन्तरतासँगै परिवर्तन पनि स्वाभाविक नियम भएको उल्लेख गरे। आफूले ‘क्रमभंग’को अवधारणा उठाउँदा त्यसलाई गलत अर्थमा व्याख्या गर्ने गरिएको भन्दै उनले त्यसको उद्देश्य समयानुकूल रूपान्तरणको आवश्यकतालाई जोड दिनु रहेको स्पष्ट पारे।

‘प्रचण्ड’ले आफू कम्युनिस्ट शक्तिहरूबीचको सहकार्य वा एकताको विषयमा हतारोमा नरहेको पनि बताए। उनले आफूले व्यक्त गर्ने धारणा र राजनीतिक दृष्टिकोणलाई विभिन्न कोणबाट विश्लेषण गर्ने प्रवृत्तिप्रति पनि टिप्पणी गरे।

सम्बोधनका क्रममा उनले केही राजनीतिक नेतृत्व पुरानै विचार र कार्यशैलीमा सीमित रहने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै बदलिएको परिस्थितिमा पनि पुरानै नारामा मात्र अडिग रहँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिने धारणा राखे। वर्तमान यथार्थअनुसार राजनीतिक सोच र रणनीतिमा आवश्यक परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।

कम्युनिस्ट आन्दोलनलाई समयसापेक्ष र गतिशील बनाउन नेतृत्वमा परिवर्तनलाई आत्मसात् गर्ने क्षमता आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले परिस्थितिको सही मूल्यांकनका आधारमा नीति र दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिए।

0 Comments