२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी विधेयकमा परिवारको परिभाषा समस्या समाधानका लागि, नातेदारलाई लक्षित गर्न होइन : मन्त्री रावल

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी कानुनी व्यवस्थामा समावेश गरिएको परिवारको परिभाषा कसैका आफन्त वा नातेदारलाई अनावश्यक रूपमा दुःख दिने उद्देश्यले नराखिएको स्पष्ट पारेकी छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट प्राप्त संशोधनबारे भएको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री रावलले उक्त व्यवस्था सहकारी क्षेत्रमा देखिएका समस्या र अनियमितता नियन्त्रणका लागि कानुनी प्रक्रिया प्रभावकारी बनाउन ल्याइएको बताइन्।

उनले सहकारी संस्थामा भएको आर्थिक हिनामिना वा अपचलनका विषयमा संलग्न व्यक्तिमाथि अनुसन्धान र प्रमाणका आधारमा मात्र प्रक्रिया अघि बढ्ने उल्लेख गरिन्। सहकारी सञ्चालकका परिवारका सदस्य वा सम्बन्धित व्यक्तिलाई अनुसन्धानबिना अनावश्यक दबाब वा पीडा दिने सरकारको कुनै उद्देश्य नरहेको उनको भनाइ थियो।

मन्त्री रावलले विधेयकमा राखिएका प्रावधानहरू सहकारी क्षेत्रलाई व्यवस्थित, जबाफदेही र पारदर्शी बनाउने उद्देश्यअनुसार तयार गरिएको बताउँदै त्यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरिन्।

Leave a Reply