२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली मृत्यु घटनापछि भीष्मराज आङ्देम्बेले उठाए शासन प्रणालीप्रति प्रश्न

अ+ अ-

काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना सुरु भएको छ।

नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनालाई राज्य प्रणाली र सार्वजनिक सेवाको कार्यशैलीसँग जोड्दै टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत कविता शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान शासन पद्धतिले नागरिकको पीडा र निराशालाई सम्बोधन गर्न नसकेको बताएका हुन्।

आङ्देम्बेका अनुसार २०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासले कठोर र संवेदनहीन शासन प्रणालीको अवस्था देखाएको छ। उनले यस्तो अवस्था लामो समयदेखि सुधार हुन नसकेको राज्य संरचना र प्रशासनिक अभ्यासको परिणाम भएको उल्लेख गरेका छन्।

उनले नागरिकमाथि करको भार बढाउने, कडा दण्ड र जरिवानामार्फत मात्र व्यवस्था कायम गर्न खोज्ने सोच प्रभावकारी नभएको धारणा राखेका छन्। जनताको आत्मविश्वास र मनोबल वृद्धि गर्ने किसिमका सरल नीति, व्यवहारिक कानुन र सहज शासकीय अभ्यास आवश्यक रहेको उनको भनाइ छ।

गणेश नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा वीर अस्पतालमा उपचाररत उनको पछि मृत्यु भएको थियो। घटनापछि सार्वजनिक सेवा प्रणाली, नागरिकका समस्या समाधान गर्ने राज्य संयन्त्र र प्रशासनिक संवेदनशीलतामाथि बहस सुरु भएको छ।

Leave a Reply