काठमाडौँ । होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले शनिबार इरानमाथि यसै साताको तेस्रो चरणको हमला गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप)ले उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । अमेरिकी कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणहरूका लागि जिम्मेवार ठहराइएपछि इरानलाई समझदारी ज्ञापन पत्र पालना गर्ने अवसर दिइएको थियो, तर इरान पुनः यसमा असफल साबित भएको छ ।’







