२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषदबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली, २०८३’ का केही व्यवस्थाप्रति १४ वटा शैक्षिक परामर्श सम्बद्ध संघ-संस्थाले संयुक्त रूपमा आपत्ति जनाएका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै ती संस्थाहरूले नियमावलीमा समावेश गरिएका केही प्रावधान व्यवहारिक नभएको, व्यवसाय सञ्चालनमा अनावश्यक प्रशासनिक नियन्त्रण बढाउने प्रकृतिका रहेको तथा प्रक्रिया अत्यधिक जटिल बनाइएको बताएका छन्।

संघ-संस्थाहरूले नियमावलीमा धरौटीसम्बन्धी व्यवस्था अव्यवहारिक रहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा हटाउन माग गरेका छन्। उनीहरूले कानुनी प्रावधानहरू स्पष्ट नभएको र तिनको स्वेच्छाचारी व्याख्या हुन सक्ने जोखिम रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

विद्यार्थीको सुरक्षा तथा आर्थिक हित संरक्षणका लागि धरौटी प्रणालीको सट्टा प्रभावकारी बीमा, क्षतिपूर्ति र संरक्षण संयन्त्र लागू गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित संस्थाहरूले नियमावलीका विवादित प्रावधान पुनरावलोकन गरी सरोकारवालासँग आवश्यक परामर्शपछि व्यवहारिक व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरेका छन्।

Open photo
Open photo
Open photo
Open photo

Leave a Reply