काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए ।
श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी अध्यक्षमा नियुक्त गरिएको हो ।







