काठमाडौँ । नेपाल धितो पत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि-आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरूमाथि कारबाही हुने बताएका छन् ।
बुधवार अर्थ समितिको बैठकमा ‘प्रि-आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएका हुन्।
राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाई छ । अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिए।
स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उनको भनाई छ ।







