३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सेवाबाट नहटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सभामुखमार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् । सरकारले करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेसँगै ती कर्मचारीहरू आन्दोलित भएको र यसले देशभरका सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत करिव ५७ हजार कर्मचारीहरू प्रभावित हुने उनले बताए ।

जनता र राज्यको सेवामा लामो समयदेखि समर्पित कर्मचारीहरूलाई एकाएक सेवाबाट निकाल्न नहुने उनको तर्क छ । सांसद राईले मुलुकमा बेरोजगारीको समस्या विकराल बन्दै गएको र युवाहरू विदेश पलायन भइरहेको वर्तमान अवस्थामा कार्यरत कर्मचारीहरूलाई समेत बेरोजगार बनाउँदा स्थिति थप जटिल बन्ने चेतावनी दिए। अर्थ मन्त्रालय अगाडि भेला भएका कर्मचारीहरूको पीडा उद्धृत गर्दै उनले धेरै कर्मचारीले आफ्नो जीवनको ऊर्जावान् समय राज्यको सेवामा बिताइसकेकाले अहिले आएर उनीहरूलाई विस्थापित गर्नु अन्यायपूर्ण हुने बताए ।

उनले भने, ‘हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू भेला भएर त्यहाँ छलफल गरिरहनुभएको थियो । मलाई जिज्ञासा लाग्यो यो के भएको हो रु उहाँहरूले भन्नुभयो हाम्रो जिन्दगी बितिसक्यो । हामी करार र अस्थायी कर्मचारी भएर राज्य र जनताको सेवा गरिराखेका छौँ । अहिलेको नयाँ सरकारले हामीलाई निकाल्ने कुरा गरिरहेको छ भन्नुभयो । यसले गर्दा खेरी हाम्रो जीवन बर्बादीको दिशामा गएको छ । र हामीले यो ठाउँबाट छोड्नुपर्यो भने ठूलो समस्या बन्छ भन्नुभयो । त्यस कारण अस्थायी र करार कर्मचारीहरूलाई निकाल्न नहुने कुरामा म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । युवाहरू बेरोजगारीको कारण बाहिर गइरहेको बेलामा रोजगारीमा रहेकाहरूलाई नै हामीले निकाल्न थाल्यौँ भने परिस्थिति झन् जटिल बन्छ ।’

सांसद राईले बिना तयारी सुकुम्वासी हटाउन खोज्दा उत्पन्न भएको समस्या जस्तै कर्मचारी निष्कासनको विषयले पनि ठूलो सामाजिक र आर्थिक सङ्कट निम्त्याउन सक्ने उल्लेख गरे । सरकारले नयाँ रोजगारी सिर्जना गर्नुपर्नेमा उल्टै भइरहेका कर्मचारी हटाउने ‘कच्चा खेल’ खेल्न नहुनेमा उनले जोड दिए। सरकार आफ्ना कर्मचारीहरूको हकहितप्रति संवेदनशील हुनुपर्ने भन्दै उनले तत्काल यो निर्णय पुनर्विचार गर्न माग गरे ।

0 Comments