३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका मन्त्रीको राजीनामापछि कर्णालीका मन्त्रालय मुख्यमन्त्री कँडेलले सम्हाले

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री यामलाल कँडेलले सम्बन्धित मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन्।

मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।

सिफारिसअनुसार मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

यसअघि नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।

उनीहरू २०८१ साल साउनमा प्रदेश सरकारमा मन्त्री नियुक्त भएका थिए। काँग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै कर्णाली प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ। पछिल्लो घटनाक्रमले प्रदेश सरकारको संरचना र सत्ता साझेदारीमा फेरबदलको सम्भावना देखिएको छ।

0 Comments