१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश नेपाली बालबालिका अभिभावक दुवैको साथमा बस्ने

अ+ अ-

काठमाडौँ । नेपालका करिब चारमध्ये तीनभन्दा बढी बालबालिका आफ्ना बाबु र आमासँगै बस्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को विवरणअनुसार देशभर रहेका बालबालिकामध्ये ७८ प्रतिशत बालक र ७७.७ प्रतिशत बालिका दुवै अभिभावकसँगै पारिवारिक वातावरणमा रहेका छन् ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकलाई आधार बनाएर सार्वजनिक गरेको ‘तथ्यांकमा बालबालिका २०८३’ प्रतिवेदनमा बालबालिकाको पारिवारिक बसोबाससम्बन्धी अवस्था समेटिएको छ ।

प्रतिवेदनअनुसार नेपालमा बालबालिकाको कुल संख्या ९६ लाख ३१ हजार ८४२ रहेको छ । यसमध्ये बालक ५० लाख ५४ हजार २९७ जना र बालिका ४५ लाख ७७ हजार ५४५ जना रहेका छन् ।

पारिवारिक संरचनाको विश्लेषण गर्दा आमासँग मात्र बस्ने बालक र बालिकाको हिस्सा समान १७.१ प्रतिशत रहेको छ । त्यस्तै, बाबुसँग मात्र बस्ने बालकको अनुपात १.१ प्रतिशत र बालिकाको अनुपात १ प्रतिशत रहेको छ ।

बाबु तथा सौतेनी आमासँग बस्ने बालबालिकाको संख्या निकै न्यून देखिएको छ । यस्तो अवस्थामा रहेका बालक र बालिका दुवैको हिस्सा ०.१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, अन्य आफन्तको संरक्षणमा रहेका बालक २.७ प्रतिशत र बालिका ३.२ प्रतिशत छन् । बाबुआमा वा आफन्तबाहेक अन्य व्यक्तिसँग बस्ने बालकको हिस्सा ०.६ प्रतिशत तथा बालिकाको हिस्सा ०.४ प्रतिशत रहेको छ ।

तथ्यांकले नेपालका अधिकांश बालबालिका अझै पनि जैविक अभिभावक दुवैसँगको पारिवारिक संरचनामा हुर्किरहेको देखाए पनि केही बालबालिका वैकल्पिक संरक्षण वा फरक पारिवारिक अवस्थाबाट गुज्रिरहेको अवस्थालाई समेत उजागर गरेको छ ।

0 Comments