५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जगदम्बा, हुलास र अशोक स्टिलसहित सिर्सिया नदीमा दुर्गन्धित फोहोर फाल्ने छ उद्योगलाई जनही १० लाख जरिवाना

अ+ अ-

सिर्सिया नदीमा प्रदूषित फोहोर पानी मिसाएर वातावरण दूषित बनाएको ठहरपछि उद्योग विभागले बारा र पर्साका छ उद्योगलाई जनही १० लाख जरिवाना गर्दै अन्य छ उद्योगलाई कारबाहीका लागि सिफारिस गरेको छ।

काठमाडौँ । उद्योग विभागले सिर्सिया नदीमा दुर्गन्धित तथा प्रदूषित फोहोर फाल्ने छ वटा उद्योगलाई जनही १० लाख रुपैयाँका दरले जरिवाना गरेको छ।

सिर्सिया नदी प्रदूषित बनाउने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रणका लागि विभागले एक महिनाको समयसीमा दिएको थियो। उक्त अवधिमा उद्योगबाट निस्कने फोहोरमैला तथा प्रदूषित पानी नियन्त्रण नगरेपछि विभागले १२ वटा उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले तीमध्ये छ वटा उद्योगलाई जनही १० लाख रुपैयाँ जरिवाना गरिएको बताए।

उनका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा; हुलास स्टिल इन्डस्ट्रिज प्रालि, बारा; शिवशक्ति घिउ उद्योग प्रालि, बारा; सुशील वनस्पति प्रालि, पर्सा; अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डस्ट्रिज प्रालि, बारालाई जरिवाना गरिएको हो।

विभागले मधेस प्रदेश सरकारको क्षेत्राधिकारअन्तर्गत पर्ने अन्य छ वटा उद्योग तथा कलकारखानामाथि आवश्यक कारबाही गर्न प्रदेश सरकारलाई सिफारिस गरेको जनाएको छ।

यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ वटा उद्योगको स्थलगत निरीक्षण गरी ती उद्योगबाट निस्कने फोहोर पानीको नमुना सङ्कलन गरेको थियो।

नमुना सङ्कलन गरिएका उद्योगमध्ये १२ वटाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

वीरगञ्ज-पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहोर पानी मिसाइँदै आएका कारण सिर्सिया नदी अत्यधिक प्रदूषित र दुर्गन्धित बन्दै आएको छ।

0 Comments