काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले कार्यक्षमताको मूल्यांकनका आधारमा प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहको शाखा अधिकृत पदमा ११ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको साउन २ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशले प्रकाशन गरेको बढुवा सूचना नं. ८८-०८१–८२ बमोजिम योग्य ठहरिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो। उक्त सूचना सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ र ४४ बमोजिम प्रकाशित गरिएको छ।
बढुवाका लागि सिफारिस हुनेमा भवा घिमिरे, यशोदा बोहरा, मिनबहादुर लामिछाने, लीला जोशी पन्त, केशवसिंह भण्डारी, केशवराज जोशी, मायादेवी जोशी, रमेशसिंह ओखेडा, मिनबहादुर पनाडी, गंगाकुमारी मगर र जनकराज जोशी रहेका छन्।
बढुवा समितिका अनुसार सिफारिसमा परेका सबै ११ उम्मेदवारले कार्यक्षमता मूल्यांकनमा शतप्रतिशत अर्थात् १०० अंक प्राप्त गरेका छन्।








