६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा ६५२ किलो गाँजासहित पिकअप गाडी र तीन जना प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजाजस्तो देखिने पदार्थसहित एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो लहान–३ स्थित एक घरको कम्पाउण्डमा पार्किङ गरी राखिएको बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गाडीको पछाडिको भागमा नास्पाती राख्ने प्लास्टिक क्रेटहरू राखिएको अवस्थामा भेटिएको थियो। खानतलासी गर्दा ती क्रेट हटाएपछि प्लास्टिकका सेतो बोराभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो।

बरामद पदार्थको तौल प्लास्टिकसहित ६५३ किलो र प्लास्टिक तथा बोरा हटाउँदा ६५२ किलो रहेको प्रहरीले जनाएको छ। साथै गाडीमा रहेका ४६ वटा नास्पातीका क्रेटसमेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा लहान नगरपालिका-३ नयाँ बस्तीकी करिब ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान-३ बस्दै आएका करिब ४० वर्षीय गौरव महतो र उनका करिब १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ र सवारीसाधनलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

0 Comments