१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा भ्रम नफैलाउन सिरहा प्रशासनको आग्रह, सद्भाव कायम राख्न आह्वान

अ+ अ-

काठमाडौँ । पछिल्लो समय सुनसरीमा भएको घटनालाई लिएर सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट धार्मिक र साम्प्रदायिक तनाव सिर्जना गर्ने खालका सामग्री प्रसारित हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बुधबार जारी गरेको सूचनामार्फत अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रसार नगर्न सबै पक्षलाई अनुरोध गरेका हुन्।

प्रशासनले विगतका घटनालाई अहिलेका परिस्थितिसँग जोडेर भ्रम फैलाउने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थामाथि लक्षित गरी नकारात्मक सन्देश प्रवाह गर्ने कार्यले सामाजिक वातावरण प्रभावित पार्न सक्ने जनाएको छ। यस्ता गतिविधिबाट अलग रहँदै जिल्लामा कायम रहेको आपसी विश्वास र सहअस्तित्वलाई निरन्तरता दिन प्रशासनले आग्रह गरेको छ।

सिरहामा विभिन्न जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायबीच रहेको सहिष्णुता र एकता संरक्षण गर्नु सबै नागरिकको जिम्मेवारी भएको प्रशासनको भनाइ छ। यसका लागि धार्मिक अगुवा, नागरिक समाज, सञ्चार क्षेत्र, बुद्धिजीवी तथा अन्य सरोकारवालालाई समेत सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

प्रशासनले सामाजिक अशान्ति निम्त्याउने, धार्मिक भावनामा असर पुर्‍याउने वा कानुनविपरीतका गतिविधि गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। यस्ता कार्यमा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ लगायतका कानुनी व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिरहामा लामो समयदेखि कायम रहेको सामाजिक तथा धार्मिक सद्भावलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सत्यतथ्य पुष्टि गर्न, संयमता अपनाउन र शान्ति सुरक्षामा असर पर्ने गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका छन्।

शान्ति, सुव्यवस्था र सामाजिक एकतामा चुनौती सिर्जना गर्ने कार्यप्रति प्रशासनले निगरानी राखिरहेको र त्यस्ता गतिविधि भएमा कानुनबमोजिम आवश्यक कदम चालिने पनि स्पष्ट पारेको छ।

0 Comments