काठमाडौँ । रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सानीभेरी गाउँपालिका-८ हुसीखोलाका करिब २६ वर्षीय पारस घर्तीले आफ्ना बुवा ठगेन्द्र घर्तीमाथि हँसियाले आक्रमण गरेका थिए।
प्रहरीका अनुसार टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ठगेन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि आरोपित पारस घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।






