१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति श्रम संस्कृति पार्टीको आपत्ति, मार्गप्रशस्त गर्न आग्रह

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले सरकार नागरिकको सुरक्षा र संसद्को गरिमाप्रति बेखबर रहेको आरोप लगाए ।

सम्बोधनका क्रममा प्रमुख सचेतक राईले प्रधानमन्त्रीले दुई महिनाअघि रोस्टमबाट दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति अझै सच्याउन वा रेकर्डबाट हटाउन पहल नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

देशका विभिन्न स्थानमा हिंसा र हत्याका घटना बढ्दै गएको उल्लेख गर्दै उनले सरकार कतै नदेखिएको टिप्पणी गरे । सांसद राईले देशमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न मेचीदेखि महाकालीसम्मका सम्पूर्ण नागरिक तथा संघ-संस्थाहरूलाई संयमित हुन अपिल गरे ।

उनले उत्तेजना फैलाउने खालका भिडियो वा लेखहरू सार्वजनिक नगर्न सञ्चारकर्मी तथा आम नागरिकलाई आग्रह गर्दै सरकारले आफ्ना आधिकारिक धारणा फेसबुकबाट नभई औपचारिक माध्यमबाट सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘दिउँसै गोली चल्ने र असुरक्षा बढ्ने क्रम जारी छ, तर सरकार अन्धकारमा बसेर सबै ठिक छ भन्दै बसेको छ । सरकार अब भित्र लुकेर होइन, बाहिर निस्केर जनतालाई सुरक्षाको अनुभूति गराउनुपर्छ । बल प्रयोगले मात्र परिणाम दिँदैन, सरकार गम्भीर भएर लाग्नुपर्छ। यदि सरकारले देश चलाउन नसक्ने अवस्था हो भने सक्दिन भनेर हात उठाए हुन्छ, तर देशलाई अभिभावकविहीन र जनतालाई टुहुरो बनाउन पाइँदैन ।’

सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै राईले बल प्रयोग गरेर समस्याको समाधान नहुने चेतावनी दिए। विगतका जनआन्दोलन र शहीदहरूको बलिदानको स्मरण गराए । पछिल्लो गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै सरकारले कि त प्रभावकारी रूपमा काम गर्नुपर्ने, कि त मार्गप्रशस्त गर्नुपर्ने माग राखे ।

0 Comments