१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ’ : मन्त्री पुन

अ+ अ-

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन । 

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पुनले यस्तो फरेन्सिक नमूना सुरक्षित रूपमा दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन् । 

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथिको छलफलका क्रममा उहाँले नमूना भण्डारण अवधि र व्यवस्थापनसम्बन्धी प्रावधान नियमावलीमार्फत स्पष्ट पार्नुपर्ने बताए । उनले विधेयकमा फरेन्सिक नमूना भण्डारणको व्यवस्था गर्नुपर्ने व्यवस्था राख्दै नियमावलीमार्फत कुन प्रकारको नमुना कति समयसम्म भण्डारण गर्ने भनी निर्धारण गर्नुपर्ने बताए । 

जैविक नमूनाको प्रकृति र उपयोगिता फरक हुने भएकाले वैज्ञानिक आधारमा भण्डारण अवधि तोकिनुपर्ने मन्त्री पुनको भनाइ छ । उनले सरकारले माइनस २० डिग्री सेल्सियस र  माइनस ८० डिग्री सेल्सियस तापक्रममा फरेन्सिक तथा जैविक नमूना भण्डारण गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने बताए । 

कुनै मुद्दाको अनुसन्धान वा न्यायिक प्रक्रिया जारी रहेसम्म आवश्यक प्रमाण सुरक्षित राख्नुपर्ने भएको कारण यसको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, ‘स्याम्पल भण्डारण गर्ने कुरा त ऐनमा लेखिएला । तर कुन चिजलाई कति समय तोक्ने भन्ने कुरा त नियमावलीमा लेख्नुपर्ला । जहाँसम्म अनन्त कालसम्म स्टोरेज गर्ने भन्ने कुरा सम्भव छैन भन्ने कुरा आयो । त्यो कति समयसम्म एउटा समय भण्डारण गर्ने भनेर समय तोक्नुपर्छ । अनि नुमना पनि स्टोरेज हुन सक्ने किसिमको पनि हुनुपर्‍यो । अनि यो स्टोरेज गर्ने क्यापेसिटी त सरकारले बनाउनुपर्‍यो नि । यो माइनस २०, र माइनस ८० डिग्री सेल्सियसमा राख्ने स्टोरहरू त बनाउनुपर्‍यो । नियमावलीमा अवधि तोकिदिने त्यसपछि डिस्पोज गरिदिने ।’

उनले फोटो, अभिलेखलगायत डिजिटल प्रमाणका हकमा दीर्घकालीन डिजिटल भण्डारण सम्भव भएकाले त्यस्ता सामग्री सुरक्षित अभिलेखीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। 

0 Comments