१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलंगवामा हिन्दु-मुस्लिमको संयुक्त सद्भाव र्‍याली, शान्ति र सामाजिक एकतामा जोड

अ+ अ-

मधेससहित देशका केही स्थानमा देखिएको संवेदनशील परिस्थितिबीच सर्लाहीको मलंगवामा हिन्दु–मुस्लिम समुदाय, जनप्रतिनिधि र सुरक्षा निकायको सहभागितामा सद्भाव र्‍याली निकाल्दै शान्ति, सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ।

काठमाडौँ । मधेस प्रदेशसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको संवेदनशील परिस्थितिका बीच सर्लाहीको सदरमुकाम मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली आयोजना गरिएको छ।

“धार्मिक, जातीय तथा सामाजिक एकताका लागि सद्भाव र्‍याली” भन्ने मूल नारासहित मलंगवा नगरपालिकाको नेतृत्वमा आइतबार आयोजित र्‍यालीमा हिन्दु र मुस्लिम समुदायका धर्मगुरु, समुदायका अगुवा तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले आपसी भाइचारा, सहअस्तित्व र सामाजिक एकताको सन्देश दिएका थिए।

शान्ति र संयम अपनाउन आग्रह
र्‍यालीमा सहभागीहरूले समाजमा शान्ति, सद्भाव र पारस्परिक सम्मान कायम राख्न सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै, पछिल्ला घटनाक्रमलाई लिएर फैलिन सक्ने अफवाह, उत्तेजनात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन सबैमा आग्रह गरिएको थियो।

जनप्रतिनिधि र सुरक्षा निकायको सहभागिता
कार्यक्रममा संघीय तथा प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगर प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।

त्यसैगरी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका थिए। उनीहरूले सामाजिक सद्भाव, शान्ति–सुरक्षा र कानुनी शासनलाई थप सुदृढ बनाउन सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिएका थिए।

अन्य स्थानीय तहमा पनि सद्भाव र्‍याली
यसैबीच, सर्लाहीका हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाले पनि धार्मिक तथा साम्प्रदायिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टाछुट्टै सद्भाव र्‍याली आयोजना गरिसकेका छन्।

आयोजकका अनुसार समुदायबीच विश्वास, सहकार्य र सहअस्तित्वलाई थप मजबुत बनाउँदै मधेससहित देशभर शान्ति, एकता र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनापछि सामाजिक एकता र सद्भाव कायम राख्ने उद्देश्यले सर्लाहीका स्थानीय तहहरूले सञ्चालन गरेको यस अभियानलाई सामाजिक सौहार्द प्रवर्द्धन गर्ने प्रयासका रूपमा हेरिएको छ।

0 Comments