१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा व्यवस्थाबारे एआईजी राठौरद्वारा निरीक्षण तथा निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सुरक्षा कार्यालयको निरीक्षण भ्रमण गर्दै सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक निर्देशन दिएका छन्।

सोमबार सम्पन्न निरीक्षण तथा निर्देशन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले एआईजी राठौरलाई स्वागत गरेका थिए। कार्यक्रममा तालुक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरसहित अन्य प्रहरी अधिकृतहरूको पनि सहभागिता रहेको थियो।

भ्रमणका क्रममा एआईजी राठौरले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा जानकारी गराएका थिए। उनले आतंकवाद, संगठित अपराध, लागूऔषध ओसारपसार, सुन तस्करी तथा मानव बेचबिखनजस्ता अपराध नियन्त्रणमा सुरक्षा निकायको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

त्यस अवसरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्डअनुरूप सुरक्षा व्यवस्थापन, यात्रुमैत्री सेवा प्रवाह, प्रहरी व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा संगठनप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम आवश्यक ब्रिफिङ तथा निर्देशनसहित सम्पन्न भएको जनाइएको छ।

0 Comments