१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सीपमूलक तालिमपछि रोजगारीसँग जोडिने

अ+ अ-

काठमाडौँ । सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई रोजगारीका अवसरसँग जोड्ने प्रक्रिया अघि बढाइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा मन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच भएको छलफलले रोजगारी सिर्जना तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा भक्तपुरको खरिपाटी, बोडे तथा चाँगुनारायण, काठमाडौँको रानीवन र काभ्रेपलाञ्चोकको बनेपामा रहेका होल्डिङ सेन्टरका १२५ जना सुकुम्वासी सहभागीको रोजगारी तथा तालिम आवश्यकतासम्बन्धी मूल्यांकन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो।

मूल्यांकनका क्रममा सहभागीहरूले सरसफाइ, बगैँचा व्यवस्थापन, साना व्यवसाय, सुरक्षा सेवा, हाउसकिपिङ, सवारी चालक, रङरोगन लगायतका क्षेत्रमा काम गर्न रुचि देखाएको पाइएको छ।

बैठकले पहिचान भएका सीप र रुचिका आधारमा सम्बन्धित व्यक्तिहरूलाई तालिम प्रदान गरी रोजगारीका अवसरसँग आबद्ध गर्ने निर्णय गरेको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग आवश्यक समन्वय गरी तालिम प्रदायक संस्थामार्फत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

मन्त्री यादवले सुकुम्वासी समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले रोजगारीका अवसर उपलब्ध गराउन सबै सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।

छलफलमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको सहभागिता रहेको थियो।

0 Comments