१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकार गठन-विघटनको राजनीतिमा अल्झिनु कम्युनिस्ट आन्दोलनको कमजोरी’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन र विघटनको राजनीतिक समीकरणलाई नै उपलब्धिको मापदण्ड बनाउनु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर कमजोरी भएको बताएका छन्।

सोमबार आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी नेतृत्वले सरकार निर्माण र परिवर्तनमै अत्यधिक ध्यान केन्द्रित गर्दा जनआधारसँगको सम्बन्ध क्रमश: कमजोर बनेको स्वीकार गरे।

उनका अनुसार राजनीतिक सफलतालाई सरकार बनाउने वा गिराउने घटनासँग मात्र जोडेर हेर्ने प्रवृत्तिका कारण मजदुर, किसान तथा उत्पीडित समुदायसँगको वैचारिक र सांगठनिक सम्बन्ध कमजोर बन्दै गएको हो।

‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको शक्ति जनतासँगको निरन्तर सम्बन्धमा रहने भए पनि त्यसलाई पर्याप्त प्राथमिकता दिन नसकिएको बताए। सरकार सञ्चालन र सत्ताको समीकरणमा केन्द्रित हुँदा पार्टीको वर्गीय आधारसँगको सम्बन्ध जीवन्त राख्न नसकिएको उनको भनाइ थियो।

उनले विगतका राजनीतिक अभ्यासबाट पाठ सिक्दै जनतामाझ आधारित संगठन निर्माणमा पुनः जोड दिनुपर्ने आवश्यकता औँल्याए।

केन्द्रीय नेतृत्वको प्राथमिकताले तल्ला तहसम्म प्रभाव पारेको उल्लेख गर्दै प्रचण्डले केन्द्रमा मन्त्री र प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा बढेपछि प्रदेश र स्थानीय तहमा पनि पदमुखी राजनीति विस्तार हुनु स्वाभाविक बनेको बताए।

उनले यस्तो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको मूल आदर्शबाट विचलन भएको महसुस आफूले गरेको उल्लेख गरे।

‘प्रचण्ड’ले पार्टी नेतृत्वको जीवनशैलीप्रति पनि आत्मसमीक्षा गर्दै नेताहरू सदरमुकाम र राजधानी केन्द्रित बन्दै जाँदा आम नागरिकमा कम्युनिस्ट नेतृत्वप्रतिको धारणा परिवर्तन भएको बताए।

उनले नेताहरूको व्यवहार र जीवनशैलीले विचारसँग मेल नखाँदा जनताले कम्युनिस्ट आन्दोलनप्रति विश्वास घटाउँदै गएको उल्लेख गरे। दस्ताबेज र सैद्धान्तिक बहसभन्दा व्यवहारिक जीवन र जनतासँगको प्रत्यक्ष सम्बन्धले राजनीतिक विश्वास निर्माण गर्ने भएकाले त्यसतर्फ पार्टीले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

0 Comments