काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि उच्च अंक प्राप्त गरेका तीन उम्मेदवारको नाम सिफारिस गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार सिफारिस सूचीमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन्।
सिफारिस समितिको साउन १७ गते बसेको बैठकले मूल्यांकन प्रक्रियामा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट गरिएका यी तीन उम्मेदवारमध्ये एक जनालाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।






