२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सरकारी सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण बुधबारदेखि अवकाशमा गएका गुरागाईँलाई महानगरपालिकाले औपचारिक बिदाइ गरेको हो।

गुरागाईंले करिब दुई वर्ष काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनी २०८१ असोज ७ गते उक्त पदमा नियुक्त भई महानगरमा पद बहाली गरेका थिए।

उनको कार्यकालमा महानगरको प्रशासनिक नेतृत्व, सेवा प्रवाह तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यको नेतृत्व गरेका थिए। यस अवधिमा महानगरको प्रशासनिक नेतृत्वलाई लिएर विभिन्न सार्वजनिक बहससमेत भएका थिए।

महानगरपालिकामा आयोजित बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले गुरागाईंले महानगरको प्रशासनिक नेतृत्वमा पुर्‍याएको योगदान स्मरणीय रहने बताइन्। उनले सार्वजनिक प्रशासनमा गुरागाईंले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरिन्।

0 Comments