काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा घाइते भएका सहभागीहरूले आफ्नो संगठनात्मक गतिविधिलाई संस्थागत गर्दै काठमाडौँको बबरमहलमा केन्द्रीय कार्यालय स्थापना गरेका छन्।
‘घाइते जेन जेड नेपाल’ नामबाट सञ्चालन हुने केन्द्रीय कार्यालयको उद्घाटन आन्दोलनका क्रममा ज्यान गुमाएका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले गरेका हुन्।
कार्यालय उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको समेत उपस्थिति रहेको थियो।
घाइतेहरूको साझा पहलका रूपमा स्थापना गरिएको उक्त कार्यालयमार्फत आन्दोलनसँग सम्बन्धित गतिविधि तथा समन्वयात्मक कार्य अघि बढाइने जनाइएको छ।






